जापानी प्रधानमन्त्री आवे ६ दिने भ्रमणमा

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवे दक्षिणपूर्वी एशिया र अष्ट्रेलियाको ६ दिने भ्रमणमा निक्लिएका छन् । अर्थतन्त्रमा सुधार ल्याउन साथै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आवे भ्रमणमा निक्लिएको बताईएको छ । विहिवार देखि आवेले फिलिपिन्स, अष्ट्रेलिया, इन्डोनेसिया र भियतनामको भ्रमण गर्दैछन् ।

जापान र ति देशहरुको विचमा ट्रान्स प्यासिफिक साझेदारी तथा मुक्त व्यापार विषयमा सहकार्य गर्नको लागि भ्रमण सफल हुने विश्वास व्यक्त गरिएको छ ।

आवेको भ्रमणले मुक्त व्यापारका साथै क्षेत्रीय आर्थिक साझेदार समुहमा  जापान, चीन तथा दक्षिणपूर्वी एशियाका १६ देशहरुलाई समावेश गराउन सहज हुने बताईएको छ । तर त्यो क्षेत्रीय आर्थिक साझेदार समुहमा अमेरिका भने समावेश नहुने बताईएको छ ।
डोनाल्ड ट्रम्पले टिपिपिको विरोध गरेपनि सम्झौता गर्नुको उदेश्य भनेको मुक्त व्यापारमा सबैको समान धारणा स्थापित गर्नु रहेको छ । आवेले एशिया प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरताको लागि अमेरिकाले पहलकदमी लिने विश्वास पनि व्यक्त गरेका छन् । दक्षिण समुन्द्री टापुहरूमा चीनको बढ्दो क्रियाकलापको विषय बारेमा छलफल गर्न पनि आवे विभिन्न देशहरुको भ्रमणमा निक्लिएको बताईएको छ ।

यस वर्ष भने जापान लगायत  देशहरु विच सम्पन्न हुने सम्मेलनमा फिलिपिन्सले दक्षिणपूर्वी एशियन देशरुको अध्यक्षता ग्रहण गर्ने तथा भियतनामले एशिया प्यासिफिक इकोनोमिक फोरमको अध्यक्षता ग्रहण गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?