तामाङ युथ सोसाइटी जापानले नेपाली नयाँ वर्षमा सांगीतिक धमाका गर्ने

जापान । तामाङ युथ सोसाइटी जापानले अप्रिल १६ मा नेपाली नयाँ वर्षको उपलक्ष्य पारेर साँगीतिक धमाका गर्ने भएको छ ।

२०७४ बैशाख १ गतेका दिन आयोजना गरिने कार्यक्रममा उठेको रकमबाट गत वर्षको बैशाख १२ मा गएको भूकम्पले क्षती पुगेका विद्यालयहरुमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएकाहरुलाई सहायता गरिने छ ।

कार्यक्रम आयोजक संस्थाका कुमार लामाले कार्यक्रम विशुद्ध सामाजिक कार्यका लागि केन्द्रीत हुने बताए । कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुले प्रस्तुती दिने छन् भने जापानमै रहेर कलाकारीता गर्दै आएका कलाकारहरुले पनि सहभागिता जनाउने छन् ।

आयोजकले उक्त दिन अन्य कार्यक्रम नजुदाईदिन पनि आग्रह गरेको छ । तामाङ युथ सोसाइटीले कार्यक्रम सफल पार्नका लागि जापानमा रहेका सम्पुर्ण नेपालीहरुलाई सहयोगका लागि अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?