यस वर्ष पनि जापानमा पर्यटक ओइरिदै, यस्तो छ कारण

टोकियो । जापान विश्वकै सबैभन्दा धेरै पर्यटक आउने देश मध्ये एक हो । जापानको प्राकृतिक र साँस्कृतिक सम्पदाहरुको दृश्यावलोकनका लागि विश्वभरबाट पर्यटकहरु जापान आउने गरेका छन् । विशेषगरि फेब्रवरी र मार्चमा जापानमा बढी पर्यटक भित्रने गरेका छन् ।

जापानमा अघिल्लाे वर्षको मार्च महिनामा मात्रै २० लाख ९ हजार ५ ले जापान भ्रमण गरेका थिए ।   जापानमा चर्चित चेरी हेर्नका लागि पनि पर्यटकहरू जापान अाउने गरेकाे पर्यटन संगठनले जानकारी दिएकाे छ ।

याे संख्या जापानमा अहिलेसम्म कुनै पनि महिनामा जापान भ्रमणमा अाउने सबैभन्दा धेरै हाे । मार्च महिनामा ३१.७ प्रतिशत बढीले जापान भ्रमण गरेका हुन् ।

यसअघि गत वर्ष जुलार्इमा  एकैपटक जापानमा १९ लाख २० हजारले भ्रमण गरेकाे रेकर्ड थियाे ।

जापानमा आउने पर्यटकहरु मध्ये चीनबाट ४ लाख ९८ हजार १ सय, दक्षिण कोरिया बाट ३ लाख ७४ हजार १ सय र ताईवानबाट ३ लाख २८ हजार ४ सय पर्यटक आएका थिए ।

गत वर्ष  २०१६ मा मार्च महिनाको समाप्ति सम्म २१.३६ लाख विदेशी पर्यटक जापान आएका थिए । २०२० मा हुने ग्रीष्मकालीन ओलम्पिक र प्यारा ओलम्पिक खेलका लागि ४० करोड विदेशी पर्यटक भित्राउने लक्ष्य जापान सरकारले राखेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?