जापानकी एउटी विद्यार्थी, जस्का लागि हिमपातमा पनि दैनिक दुई पटक गुड्छ रेल

एजेन्सी ।जापानको होकाईडोमा उत्तरी टापुमा कामि सिराताकी भन्ने  ट्रेन स्टेशन  रहेको छ । ग्रामिण वस्तीमा र सरसामान ओसारपसार गर्ने काम सकिएको ले तीन वर्ष अघि जापानी रेल्वे संस्थानले सो  ट्रेन बन्द गर्ने योजना बनाएको थियो।

तर सो ग्रामिण वस्तीमा कुद्ने ट्रेन मार्फत जापानको सिराताकी बस्ने काना हारादा नामकी युवती आफ्नो स्कुल आवतजावत गर्छिन भन्ने खबर पाएपछि रेल्वे संस्थानले सो रेललाई सुचारुमा ल्याएको हो।

तिनै एक जना स्कुले छात्राको लागि वर्षौं देखि त्यो रेल उनीलाई लिन स्टेशनमा रोकिन्छ।पछिल्लो तीन वर्ष देखि दैनिक सो ट्रेनले उक्त छात्रालाई लिन बिहान ७:०४ बजे र बेलुका ५:०८ मा पुर्याउन आउने गरेको छ। यसरी दिन दिनै पढ्न ट्रेनको प्रयोग गर्ने ती स्कुले छात्रा सिराताकी स्थित ३४ जना सदस्य छिमेकीहरु बिच बस्ने गरेकी छिन्  ।

जापानी रेल्वे स्टेशनले स्कुले छात्राको स्कुल छुट्टी नभईन्जेल सम्म सो रेल सुचारु राख्ने जनाएको छ ।अध्ययन गरिरहेकी ती छात्राको पढाई २०१६ मार्च २६ मा सकिन्छ।उनको पढाई सकिना साथ जापानी ट्रेन स्टेशनले सो ट्रेनलाई बन्द गर्नेछ। जापानले एक स्कुले विधार्थीको निम्ति दिएको सुविधालाई लिएर विश्वभरि जापानी रेल्वे संस्था र जापानी सरकारको प्रशंसा गरिएको छ ।

एक स्कुले विधार्थी प्रति जापानी सरकारको भूमिका र दायित्वलाई  सामाजिक संजाल भरि सम्मान व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?