झापा समाज जापान गठनको तयारी

टोकियो । सुदुर पुर्वी नेपालको झापाबाट जापानमा आई जापानमा रही विभिन्न पेशा व्यावसायमा संलग्न र विद्यार्थी भिषमा आएर अध्ययन गरिरहेका झापालीहरुले झापा समाज जापान गठन गर्ने तयारी गरेका छन् ।
जापानमा रहेका झापालीहरुका बीचमा सहकार्यका लागि समाज गठनको तयारी भएइको हो । नेपालका विभिन्न जिल्लाहरुबाट जापान आएर बस्ने नेपालीहरुले आ–आफ्नो जिल्लाको नामबाट समाज गठन गरिरहेका बेला झापा समाज गठनको तयारी भएको हो ।

टोकियोको हिगासी कुरेमेस्थित न्यु किचन सपनामा जनवरी २२ तारिकका दिन भेला आह्वान गरिएको तुल्सी पाठकले जापान सन्देशलाई जानकारी दिए ।
बेलाबाट झापा समाज जापानको कार्यसमिति बन्ने र झापा समाजले जापानमा आइ बसेका विभिन्न पेशा ब्यावसायका झापालीहरुलाई भैपरि आउने समस्या समाधानका लागि कार्य गर्ने पाठकले बताए ।

उनले जापानबाट झापा जिल्लाको विकासका लागि आवश्यक सहयोग गर्नका लागि पनि समाजले काम गर्ने बताए । पाठकले कार्यक्रममा झापाबाट जापान आएर बसोबास गरिरहेका सबैलाई आमन्त्रण गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?