किन जापानी युवा युवती विवाह गर्न चाहदैनन् ?

जापान । जापान विश्वकै तेस्रो ठुलो आर्थिक शक्ति हो । तर, यहाँको व्यस्त जनजीवनका कारण जापानी नागरिकहरु सन्तान जन्माउने कार्यमा निकै सुस्त बनेका छन् ।

जापान सरकारका लागि अहिले यो नै चिन्ताको विषय बनिरहेको छ । जापान सरकारले बच्चा जन्माउनका लागि नागरिकहरुलाई प्रेरित गर्न विभिन्न योजनाहरु ल्याइरहेको छ ।

तर, त्यसले पनि सार्थकता पाउन सकीरहेको छैन । हालसालै भएको एक अध्ययन अनुसार जापानका ६० प्रतिशत युवतीहरु विवाह गर्नै चाहदैनन् ।

यस्तै ७० प्रतिशत युवाहरु पनि विवाह बन्धनबाट टाढै बस्न चाहेको तथ्य आएको छ । यस्तै करिब ४३ प्रतिशत युवतीहरुले त आफु अझै पनि कुमारी नै रहेको बताएका छन् ।
घट्दो जनसंख्यालाई स्थिर बनाउनका लागि सरकारले ल्याएको विभिन्न खाले प्याकेजमा पनि उनीहरुको आकर्षण देखिन नसक्नु जापानका लागि तनावको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?