जापानी दुर संचार कम्पनी सफ्टबैंकले अमेरिकामा ५० अरब डलर लगानी गर्ने

जापान । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  जापानसंग जापानको विशाल दुर संचार कम्पनी सफ्टबैंकले अमेरिकामा  आउने ४ वर्षमा ५० अरब डलर लगानी गर्न पाउने तथा ५० हजार नयाँ रोजगारी सिर्जना गर्न पाउने विषयमा  सहमति भएकाे बताएका छन् ।

न्युयार्कमा राष्ट्रपति डोनाल्ड ट्रम्प र सफ्टबैंक जापानका प्रमुख तथा मुख्य कार्यकारी अधिकारी मासायोशि सोन संगविच भएकाे भेटवार्तामा यस्तो सहमति भएकाे थियाे ।

सोनले ट्रम्पको सो प्रतिज्ञाको लागि धन्यवाद दिएका छन् । साथै सोनले अमेरिकामा नवनिर्वाचित राष्ट्रपति चुनिएसंगै अमेरिका पुन: उत्कृष्ट बन्ने बताएका छन्।

सोनले राष्ट्रपति ट्रम्पसंग थुप्रै व्यापारिक अनुभव भएकाले सो प्रतिज्ञालाई पुरा गर्ने आशा व्यक्त गरेका छन् ।

साथै उनले ट्रम्पले ठुलो मात्रामा रोजगारीको अवसर उपलव्ध गराउने विषयमा संकल्प गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?