गल्कोट समाज जापानको क्युसु क्षेत्रको अध्यक्षमा कंडेल

मदन गैरे, फुकुओको । गल्कोट समाज जापानको क्युसु क्षेत्रको अध्यक्षमा विपिन कंडेल निर्वाचित भएका छन् । डिसेम्बर ६ का दिन फुकुओकामा सम्पन्न समितिको दोस्रो अधिवेशनले कंडेलको नेतृत्वमा २१ सदस्यीक कार्यसमिति समेत गठन गरेको छ ।

रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा राजु गैरे, सचिवमा मदन गैरे र कोषध्यक्षमा मिलन बस्नेतलाई निर्वाचित गरेको छ ।

कार्यसमितिका सदस्यहरुमा हरि सापकोटा, बबनाथ थैरे, कमल चालिसे, घनश्याम निउरे, प्रेम चोख्याल, दयाराम कंडेल, विशाल केसी, जितबहादुर खत्री, कमला गैरे, कालिका गैरे, दिपक बस्नेत, सुजन बस्नेत, सुरज गैरे (सन्तोष) निर्वाचित भएका छन् ।

गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाको पमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । प्रमुख अतिथि थापाले क्युसु क्षेत्रमा समाजको शाखा खोल्नुको कारण र समाजको भावि योजनाका बारेमा जानकारी दिए ।

कार्यक्रममा समाजका सल्लाहकार एवं एनआरएन जापानका उपाध्यक्ष टंक गैरेले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै समाजको लक्ष्य अनुसार काम गर्न आग्रह समेत गरे ।

कार्यक्रममा उपस्थितहरुलाई घनश्याम गैरेले स्वागत गरेका थिए । गल्कोट समाज जापान हाल सांगीतिक कार्यक्रमको तयारीमा रहेको छ । सन् २००६ मा गल्कोट समाज जापानको स्थापना भएको थियो ।

समाजले क्युसु क्षेत्रमा समेत शाखा विस्तार गर्दै आफ्नो कार्यक्रमलाई भब्य बनाउने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?