फुकुशिमा विद्युत् गृह निर्माण र किसानलाई राहत दिन १७० अर्ब डलर खर्चहुने

जापान । लगातारको भूकम्प पछि क्षतिग्रस्त फुकुसशमा दाइइची परमाणु विद्युत् गृहको सञ्चालनका लागि एक खर्ब ७० अर्ब डलर लाग्ने भएको छ ।

 

यो लागतमा विद्युत् गृहको पुर्ण रुपमा नष्ट भएको क्षेत्रको पुननिर्माण, हर्जना र प्रदुषण मुक्ति कार्यका लागि लाग्ने रकम समेत सामेल गरिएको छ । जापान सरकारले एक खर्ब ७० अर्ब डलर खर्च गर्नुपर्ने अनुमान गरेको हो ।

टोकियो इलेक्ट्रीक कम्पनीले यो विद्युत् गृह पुन सञ्चालनका लागि १७ अर्ब डलर सुनिश्चित गर्ने छ । तर, सरकारी अधिकारीहरुले यो लागत चार गुणा बढ्ने दाबी गरेका हुन् ।

अधिकारीहरुले करिब ७० अर्ब डलर परमाणु इन्धनको हटाउन र रेडियोधर्मी किरणयुक्त पानीलाई सफ ागर्न खर्च हुने बताएका छन् ।

दुषित माटो तथा अनावश्यक सामग्रीको भण्डारणका लागि अस्थायी केन्द्को निर्माण तथा प्रदुषण मुक्ति कार्यका लागि लागत अझै बढ्न सक्ने अनुमान छ ।

यसका अलवा राहत माग गरिरहेका किसानका लागि पनि ७० अर्ब डलर आवश्यक पर्ने जनाइएको छ ।

जापानको उद्योग मन्त्रालयले उक्त विद्युत् गृह सञ्चालन, राहत लगायतका सम्पुर्ण कार्य सम्पन्न गर्नका लागि योजना बनाइरहेको छ । सरकारले यो वर्षको अन्तिमदेखि निर्माण कार्यलाई तिब्रता दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?