जापानी सम्राटको गद्दी त्यागबारे विशेषज्ञहरुको मत बाझियो

जापान । जापानका सम्राट अकिहितोको ग२ी त्याग्ने इच्छाका बारेमा सरकारको एक समितिले आफ्नो तेस्रो तथा अन्तिम सुनुवाई सम्पन्न गरेको छ ।
बुधबार सम्पन्न सुनुवाइका बारेमा बिहीबार जानकारी गराइएको थियो । सुनुवाई सत्रमा ५ जना विशेषज्ञ सहभागि थिए । उक्त समितिले नोभेम्बरमा गरेको तीनवटा सुनुवाइमा विश्वविद्यालयका प्रोफेसरहरु, उच्च अदालतका एक पुर्व न्यायाधिश र अन्य विशिष्ठ अधिकारीहरु गरि १६ जनासहभागि थिए ।

यी १६ जनामध्ये ८ जनाले गद्दि त्याग गर्ने कुराको समर्थन गरेका थिए भने ५ जनाले विरोध गरेका थिए । अन्य तीन जना विशेषज्ञहरुले सम्राटको निर्णय प्रति सशर्त समर्थन गर्नुपर्ने बताएका थिए ।

गत अगष्टमा ८२ वर्षीय सम्राट अकिहितोले गद्दी त्याग गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?