जापानी अनुसन्धानकर्ताद्धारा खोजिएको तत्वको नाम र चिन्ह अनुमोदित

जापान । एक अन्तराष्ट्रिय रसायन संगठनले जापानी अुनसन्धानकर्ताहरुद्दारा खोजिएको नयाँ आणविक तत्वको नाम तथा चिन्हलाई अनुमोदित गरेको छ।

कुनै आणविक तत्वको नाम जापान तथा एशियाकाे देशद्धारा राखिएको यो पहिलो पटक हो ।

ईन्टरनेशनल युनियन अफ प्योर एन्ड एप्लाइड केमिष्ट्री (आईयुपीएसी)ले बुधबार आफ्नो वेवसाईटमा जापानी खोजकर्ताद्धारा खोजिएको सो आणविक तत्वलाई निहोनियमको नाम सहित ११३ औं तत्वका रुपमा राखेको घोषणा गरेको छन् ।

आथै सो आणविक तत्वलाई दिईएको NH संकेत दिईएको छ । जापानी भाषामा निहोन शव्दको अर्थ जापान हो ।

यो तत्व जापानको रिकेन संस्थानका अनुसन्धानकर्ताहरुले १२ वर्ष अगाडी पत्ता लगाएका थिए । डिसेम्बरमा आईयूपीएसीले वैज्ञानिकलाई सो तत्वको नाम राख्न अनुमति दिएका हुन ।

क्युसु विश्वविद्यालयका प्रोफेसर कोसुके मोरिताको नेतृत्वमा रहेको सो समुहले मार्चमा आईयुपीएसीे समक्ष तत्वको नाम तथा आणविक चिन्हको बारेमा समिक्षा गरेका थिए ।

जापानी अुनसन्धानकर्ताहरुद्धारा पत्ता लगाइएको निहोनियम तत्व विश्वभरका पाठ्यपुस्तकको पिरियोडिक तालिका तथा अन्य पाठ्यक्रममा शामेल गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?