निगाता प्रान्तकाे एक पोल्ट्री फर्ममा वर्ड फ्लुको संक्रमण, सचेत रहन अाग्रह

जापान । जापानको निगाता प्रान्तको एक पोल्ट्री फर्ममा मरेका कुखुरामा परिक्षण गर्दा वर्ड फ्लुको संक्रमण भेटिएको छ । निगाता प्रान्तकाे विभिन्न पोल्ट्री फर्ममा अति संक्रामक वर्ड फ्लुकाे भाईरस पाईएको छ ।

जापानकाे जोयत्सु शहरको एक कुखुरा फर्ममा मरेका ४० कुखुरामध्ये सातमा गरिएको परिक्षणमा ६ वटामा वर्ड फ्रलुको संक्रमण भेटिएको थियो ।

निगाता प्रान्तका एक अधिकारीले बुधबार सो केन्द्रमा ६० कुखुरा मरेको बताएका थिए । सो केन्द्रमा करिब २ लाख ३० हजार कुखुरा रहेको उनले बताएका छन् ।

अधिकारीले कुखुरा फर्ममा मानिसको आवात जावात बन्द गरिदिएको बताए ।

साथै उनले त्यहाँका कर्मचारीहरूलाई वर्ड फ्लुकाे संक्रमणबाट बच्ने उपाय उपनाउन अपिल गरेका छन् । उनले भाइरसको पत्ता लगाउन आनुवंशिक परीक्षण गर्नुपर्ने बताए ।

निगातामा वर्ड फ्लु संक्रमित क्षेत्रको करिब १० किलोमिटर आसपासको क्षेत्रमा पंक्षीजन्य कारोबारमा रोक लगाइएको छ ।

निगाताका अधिकारीले संक्रमण नियन्त्रणको लागि वर्ड फ्लु संक्रमण भेटिएको क्षेत्र नजिक रहेका कुखुरा फर्ममा कुखुरा मरे नमरेको जाँच भैरहेको बताएका छन् ।

सो क्षेत्र भन्दा १० किलोमिटर आसपासका कुखुरा फार्ममा मृत  कुखुरा नभेटिएको उनले बताए ।

उनले सो क्षेत्रमा रहेका नागरिकलार्इ फर्ममा कुखुरा मरेमा तत्काल सुचना दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?