जापान । जापानको उत्तरी भेग स्थित निगाता र ओमोरी प्रान्तमा बर्ड फ्लुको संक्रमण भेटिएको छ ।

निगाता स्थित एक पोल्ट्री फार्ममा मरेका २० कुखुरामा परिक्षण गर्दा बर्ड फ्लुको संक्रमण भेटिएकाे थियाे ।
जापानका प्रधानमन्त्री शिंजो आवेले मंगलबार नै प्रेस विज्ञप्ती जारी गरि वर्ड फ्लु संक्रमित क्षेत्रमा सर्तकता अपनाउन अपिल गरेका छन् । साथै स्थानीय सरकारलाई साे स्थितीलाई यथासक्य चाँडो नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।
जापानकाे निगातामा मरेका २०कुखुरामा र आेमोरिमा पनि दश ओटा हाँसममा संक्रमण देखिएको थियो ।
निगाता र ओमोरिमा मरेका कुखुराको परिक्षण पश्चात वर्ड फ्लुको संकेत भेटिए पछि त्यहाँका स्थानीय सरकारले करिब तीन लाख हाँस र कुखुरा नष्ट गरेको छ ।
यसअघि दक्षिण कोरियामा बर्ड फ्लुको संक्रमण भेटिएकाले घुमन्ते पंक्षीमार्फत जापानमा पनि यसको संक्रमण फैलिएको हुन सक्ने अुनमान गरिएको छ ।
वर्ड फ्लुकाे परिक्षण पश्तात निगाता र ओमोरीमा झण्डै दश किलोमिटर आसपासको क्षेत्रमा पंक्षीजन्य कारोबारमा रोक लागइएको छ ।