
जापान । जापानको राजधानी टोकियोमा ५४ वर्षपछि हिउँ परेको छ । टोकियो तथा जापानका पूवी भागमा बिहीबार हिउँ परेको हो ।
जापान मौषम विज्ञान विभागले टोकियो आसपासको तापक्रम शून्य नजिक पुगेको जनाएको छ ।
विभागका अनुसार हिमाली क्षेत्रको कान्तो र कोशिन क्षेत्रमा १५ सेन्टिमिटर र टोकियोका २३ वडाहरुमा २ सेन्टिमिटरसम्म हिउँ जमेको थियो ।
जापानको अन्य शहरहरु योकोहामा र उत्सोमियामा पनि हिउ परेको थियो । बिहान सवा ६ बजे टोकियो आसपासमा हिउँ परेको देखिएको थियो ।