जापान । जापनमा दैनिक ३९.५ प्रतिशत मानिसहरु ६ घण्टा भन्दा कम सुत्ने गरेको स्वास्थ्य मन्त्रालयले गरेको वार्षिक सर्वेक्षणले देखाएको छ ।

अधिकांश पुरुषहरुले आफ्नो नोकरी र स्वास्थ्यको कारण तथा महिलाहरुले घरायसी काम तथा नोकरीका कारण कम सुत्ने गरेको सन् २०१५ मा राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागले गरेको सर्वेक्षणले देखाएको छ ।
सर्वेले रेस्टुरेन्ट तथा काम गर्ने स्थानहरुमा धुमपान गर्दा पैदा हुनसक्ने अफ्ठ्यारा अवस्थाहरुलाई पनि हाईलाइट गरेको थियो ।
जसका कारण पनि २०२० मा आयोजना हुने ओलम्पिक खेलकुद भन्दा अगाडी सरकारले तय गरेको ग्लोवल स्ट्यान्डर्ड हासिल गर्न कठिन हुने देखिएको छ ।
सर्वेक्षणको क्रममा ५,३२७ घरबाट ३,५०७ मान्य जवाफ प्राप्त भएको थियो । अधिकांश पुरुष तथा महिलाहरुले दैनिक रुपमा ६ देखि ७ घण्टा सुत्ने गरेको सर्वेक्षणको क्रममा बताएका थिए ।
दैनिक ६ घण्टा भन्दा कम सुत्ने व्यक्तिहरुको संख्यामा सन् २००७ देखि बढ्दै गएको सर्वेक्षणमा देखिएको छ । सर्वेक्षणमा २००७ मा त्यो संख्या २८.४ प्रतिशत पुगेको थियो ।
के गर्दा तपाईहरुको सुत्ने समय बढाउन सकिन्छ त भनेर प्रश्न गर्दा २० देखि ५० वर्ष उमेर समुहका मानिसहरुले काम गर्ने समयको अवधि घटाउने तथा सुत्न जानु भन्दा अघि मोबाईल फोन तथा भिडियो तथा टेक्स्ट म्यासेजहरु गर्न नहुने बताएका थिए ।
त्यस्तै ६० वर्ष उमेरका व्यक्तिहरुले भने आफ्नो स्वास्थ्य अवस्था सुधार भए धेरै घण्टा सुत्न सकिने उपाय बताएका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार कामको अवधि र दैनिक जीवनी विच उचित तालमेल तथा घरायसी काममा सहकार्य भए अनिन्द्राको समस्या हल हुने निष्कर्ष निकालेको छ ।
त्यस्तै अनिन्द्राको कारण अत्याधिक मात्रामा धुमपान पनि रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षण गरिएको मध्य ३०.९ प्रतिशत मानिसहरुले धुमपानलाई अनिन्द्राको कारण बताएका थिए ।
जसका कारण स्वास्थ्य मन्त्रालयले स्कूल, अस्पताल तथा रेस्टुरेन्टहरुमा पूर्ण रुपमा धुमपान नियन्त्रण गर्ने बताएको छ ।
त्यस्तै मन्त्रालयले मानिसहरुले खानामा पौष्टिक तत्वको कमि तथा अत्याधिक मात्रामा जंक फुडहरु खानाले पनि अनिन्द्राको समस्या देखिएको बताएको छ ।
खानामा पौष्टिक आहार तथा ब्यालेन्स डाइट मिलाएर खानाले अनिन्द्राको समस्या धेरै मात्रामा हट्न सक्ने जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।