जनताको लागि आधा तलबमै काम गर्ने टोक्यो गभर्नर कोईकीको घोषणा

 

जापान।टोक्यो महानगरीय सभाले गभर्नर युरिको कोईके आफ्नो तलबको पचास प्रतिशत कटौती गर्ने भनेर गरेको प्रस्ताव पारित गर्ने लगभग निश्चित भएको छ ।

वार्षिक रुपमा कोईकीले प्राप्त गर्ने १४ मिलियन जापानी येन अर्थात १४०००० अमेरिकी डलर मध्य पचास प्रतिशत कटौती गरियोस भनि उनले नै महासभामा प्रस्ताव गरेकी थिईन् ।
टोक्यो सरकार र समस्त जापानीहरुको निम्ति मैले आफ्नो पद र प्रतिष्ठाको सहि प्रयोग गर्ने विश्वास दिलाउन पनि आफुले आधा तलबमा काम गर्न चाहेको गभर्नर कोईकीले बताएकी छिन् ।

टोक्यो सरकार प्रतिको आफ्नो लगाव र प्रतिबद्दता पुष्टि गर्न आफुले त्यस्तो प्रस्ताव गरेको कोईकीले बताएकी छिन् । महासभामा बलियो उपस्थिति रहेको लिवरल डेमोक्रेटिक पार्टीले कोईकी पेश गरेको बिललाई विरोध नगर्ने बताईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?