फुस्सा गाइजको अध्यक्षमा गंगा रानामगर, कार्यसमितिमा को को ?

जापान । जापानमा क्रियाशील फुस्सा गाइजको नयाँ कार्यसमितिको अध्यक्षमा गंगा रानामगर चयन भएका छन् । सेप्टेम्बर २५ मा सुदीन गुरुङको अध्यक्षतामा बसेको फुस्सा गाइजको बैठकले रानामगरलाई अध्यक्ष चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा प्रकाश थापा र नबी थापा रहेका छन् । यस्तै महासचिवमा दीपेन्द्र अधिकारी, सचिवमा सजिद डंगोल र कोषध्यक्षमा सुमिता लामा चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा प्रमिला गौचन, मुस्कान थापा, विकास तामाङ, सागर बस्नेत, जीवन बुढाथोकी र सञ्जय शर्मा चयन भएका छन् ।

समितिको बरिष्ठ सल्लाहकारमा देवेन्द्र बज्राचार्य, देवेन्द्र केसी र रमेश लुईंटेल चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा सितु शाक्य, सुरेश डंगोल, राम गिरी, गोपाल बेलबासे, रेशम तामाङ, नेत्र गिरी र सरोज श्रेष्ठ चयन भएका छन् । फुस्सा समुहको संस्थापकहरु बिक्रम रानामगर, मोती सापकोटा, शम्भु रानामगर, मदन सापकोटा, राम घले, अमित गुरुङ, मिलन गुरुङ, सरोज जोशी, विनय शर्मा, सुजन निरौला, राजेश घले, सम्झना श्रेष्ठ, अनिल गुरुङ, गोविन्द घिमिरे छन् भने संस्थाको संरक्षकमा सुदीन गुरुङ, सागर प्रधान, दिपक मल्ल, मुक्ति सापकोटा, शिव जोशी, शान्तबहादुर तामाङ र अरुण भट्टचन रहेका छन् ।

फुस्सा समुहले बडादशैं, तिहार, छठ पर्व र नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समेत आयोजनागर्ने भएको छ ।

अक्टाेवर दश तारिकका दिन फुतोउ खाईकान (१६६०–४ कुमागावा फुस्सा सी टोकियो) हाईजीमा स्टेशन नजिकै कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

दिउँसो तीन बजेबाट साँझ ८ बजेसम्म कार्यक्रम सञ्चालन हुने र कार्यक्रमको प्रवेश शुल्क एक हजार जापानी ऐन राखिएको छ । कार्यक्रममा विभिन्न कलाकारहरको सांगितीक प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?