
जापान । अघिल्ला वर्षहरूमा झैं यस वर्ष पनि नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिक कार्यक्रम अन्तर्गत पर्ने म्ह पुजा र नेपाल सम्वत ११३७ भब्यरुपमा आयोजना गर्ने तयारि गरिरहेकाे छ ।
हाम्रो पहिचान भनेको हाम्रो आफ्नो संकृति हो , स्वदेश या विदेश जहाँ रहेपनि मनाउनुपर्छ भन्ने धारणा सहित नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले आफ्नो स्थापनाकाल देखि नै म्ह पुजालार्इ भब्यरूपमा मनाऊदै आईरहेकोछ ।
म्ह पुजामा शरिरमा कुनै पनि प्रकारको रोग- व्याद नलागोस् , निरोगी र दिर्घायुको कामना गरी शरिरको पुजा गरिन्छ ।
त्यसै दिन नेवार समुदायको नयाँ वर्ष अथवा न्हूदयाँ भिंतुना पनि पर्ने भएकोले एकआपसमा शुभकामना आदन प्रदान गरी, मीठामीठा परिकारको भोजन तयार गरी नाच गान सहित हर्षोल्लास साथ मनाऊदै आएकाछौं आयोजक संस्थाको महासचिव शिव तण्डुकारले बताएका छन्।
नेवार मात्र नभएर जापानमा रहदै अाएका अन्य समुदायका व्यक्तिहरूका साथै जापानीजहरू समेत उल्यख्य मात्रामा सहभागी हुने यस कार्यक्रम मार्फत नेवारी समुदायका संस्कृतीबारे नेपाली तथा जापानि समुदायलार्इ पनि जानकारी मिल्ने अायाेजक समितीले बताएकाे छ ।
आफ्नो कला र संकृति विदेशमा पनि जगेर्णा गर्ने र नयाँ पुस्तालाई चिनाउदै लाने यस कार्यक्रमको मूल उदेश्य रहेकाे महासचिव तण्डुकारले प्रष्ट पारेका छन् । साथै यस बर्ष गरिने कार्य्रकमलार्इ बिगतकाे भन्दा फरक तरिका मनार्इने तयारी समेत भैरहेकाे उनले जानकारी पनि दिएका छन् ।
पहिलेका वर्षहरूमा मण्डपमा पुजा गर्न पाउने सिमित व्यक्तिहरूकाे नाम गोला प्रथा मार्फत छनोट गरिन्थ्याे । यो पटक भाग लिने सबैले मण्डपमा पुजा गर्न पाऊने व्यवस्था मिलार्इएकाे छ । जसका लागि अग्रिम बुकिङ गर्नुपर्ने प्रवधान रहेको छ ।
अग्रिम बुकिङको लागि आयोजक कमिटीका सदस्यहरूलाई सम्पर्क गर्नुपर्ने र मण्डप बुकिङ गर्ने अन्तिम मिति ३१ अक्टोबर सम्म रहेको समेत जानकारी दिएका छन् ।