रोकाको दाह संस्कारको लागी आर्थिक सहयोगको अपिल

टोकियो । आइतबार टोकियो फुकुसी दाईंगाकुमा अध्ययनरत रोल्पा मिरुल-३ सवरीका शिवराज रोकामगरलाई दाह संस्कारको लागी आर्थिक सहयोग लागि आग्रह गरिएको छ ।

मंगलवार बसेको एन आर एन जापान, मगर संघ जापान , नेपाल जापान विद्यार्थी र राप्ती समाज जापानले दाहसंस्कारको लागि सहयोगको अपिल गरेको हो ।

यस अभियानमा साथ दिनु हुन नेपाली राजदुतावास जापान , जापानमा रहेका विभिन्न संघसंस्थाहरू , विभिन्न पार्टीका भातृ संघसंगठनहरू , विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा सम्पुर्ण जापानवासी नेपालीहरुमा यस आर्थिक संकलनको अपिल गरेको छ ।

पहल कदमी : एन आर एन जापान ( अध्यक्ष – सुदन थापा )

समन्वय : आर्थिक संकलन तथा दाह संस्कार समिति

मगर संघ जापान ( अध्यक्ष – दीपक बुर्जा मगर )

नेपाल जापान विद्यार्थी समाज ( अध्यक्ष – सन्तोष चोखाल )

राप्ती समाज जापान ( संयोजक – विशेश्वर रेग्मी )

 सहयोग रक़म मगर संघ जापानको पोस्ट बैंक : 10090-07860931 मा जम्मा गर्न वा यस समितिलाई भेटेर सहयोग गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?