जापानमा एमालेले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

टोकियो । जापानमा रहेका नेकपा एमाले समर्थक तथा कार्यकताले विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएका छन । 

नेपालका विभिन्न जिल्लाहरुबाट जापानमा अध्यन–अध्यापन , व्यापार व्यबसाय, तथा रोजगारीको शिलशिलामा जापानमा आइ बसोबास गरिरहे एमाले समर्थित कार्यकर्ताले एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना भर्ने भएको हो ।

चियापान कार्यक्रम सेप्टेम्बर २२ तारिख बिहीवार साढे २ बजेदेखि टोकियोको जे.आर.कामता स्थित ओता कुरिचु सोहिमा सेकाचु सेन्टरमा सुरु हुने छ ।

जापानमा नेपालीहरुको आगमन दिनप्रतिदिन बड्दै गइरहेको अवस्थामा नेकपा एमाले समर्थकहरुको आगमन पनि बृद्धी भईरहेको तथा पुराना सक्रिय अग्रज बुद्धिजीवहरुको सक्रियता न्युन महसुसगरी अग्रज बुद्धिजीवहरुको पहल र प्रबासी नेपाली मञ्च जापान,टोकियो कमिटिको आयोजनामा चियापान कार्यक्रम हुन लागेको हो ।

चियापान समारोहमा सहभागी हुन प्रबासी नेपाली मञ्च जापानले सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?