
टोकियो । नेपालीहरुको महान पर्व दशैको अवसर पारेर जापानमा भव्य साँगीतिक कार्यक्रम एवं शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ ।
दर्शन समाज जापानले बिदेशमै भए पनि स्वदेशको झझल्को दिने गरी आपसी भेटघाट, टिका जमरा र आशिर्बाद ग्रहण, शुभकामना आदान प्रदान तथा साँगीतिक सामुहिक मनोरञ्जन कार्यक्रम आयोजना गर्ने भएको हो ।
अक्टुबर १५ तारिख शनिवार पर्ने कोजाग्रत पूर्णिमाका दिन शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा अपरान्ह २ बजेदेखि कार्यक्रम सुरु हुने समाजका अध्यक्ष सुरज मल्लले बताए ।
विदेशमा वसेर पनि आफ्नो धर्म संस्कृतिको रक्षा नेपालीहरु बिचको माया ममता अझ प्रगाढ बनाउनका लागि दशै बिशेष संगेतिक कार्यक्रम गर्न लागिएकाे समाजका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक भरत मल्ल बताए ।
उनले जापानमा रहेका सम्पुर्ण नेपालीलाई कार्यक्रममा सहभागी अपिल समेत गरेका छन ।