टोकियोमा पत्रकारिता तालिम सम्पन्न, महासंघ जापान शाखा अध्यक्ष मल्ल सम्मानित

jmc5टोकियो । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) जापान शाखाद्वारा टोकियोमा आयोजित एक दिवसीय आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

फोनिजको आफनो १७ औँ दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्धि गर्ने उदेश्यले एक दिवसीय व्यवसायिक पत्रकारिता र प्राविधिक ज्ञान विषयक क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको थियो ।

पत्रकारिता तालिममा जापानमा रहेका जनजाति पत्रकारका साथै जापानमा बसेर पत्रकारिता गर्ने २१ जना भन्दा बढि पत्रकारको उपस्थिती रहेको थियो ।

तालिममा पत्रकार रविन्द्र श्रेष्ठ, सन्त पहरी, राजन गौतम, आनन्द कोइराला, पवन वर्षा शाह विष्णु सुवेदी र तिलक मल्लले पत्रकारितामा राजनितिक, सामाजिक र समसामुयिक बिषयबस्तु साथै लेखनशैलीको बारेमा प्रशिक्षण समेत दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालले तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै जापानमा लामो समयदेखि निरन्तर पत्रकारिता गर्दै आएका पत्रकार महासंघ शाखा जापानका अध्यक्ष तिलक मल्ललाई सम्मान गरिएको थियो । तालिममा उत्कृष्ट सहभागीहरुलाई विभिन्न सञ्चार माध्यमहरुमा काम गर्ने अवसर समेत प्रदान गरिने फोनिजका महासचिव फुर्वा शेर्पाले बताए ।

kamc3

jmc1

jmc2

japan1


japan3

japan4

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?