रामेछाप समाज जापानको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा उत्तम श्रेष्ठ चयन

japanटोकियो । रामेछाप रामपुरका उत्तम श्रेष्ठलाई सर्व सहमती अध्यक्षमा चयन गर्दै रामेछाप समाज जापानको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न भएकाे  छ ।

विभिन्न पेशा ,ब्यवसाय तथा अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछपेलीहरुको साझा संस्था रामेछाप समाज जापानको प्रथम अधिवेशन अाइतबार टाेकियाेमा  सम्पन्न भएको छ ।

प्रथम अधिवेशनबाट उत्तम श्रेष्ठलाई सर्वसहमती अध्यक्षमा चयन गरेको छ भने सो अधिबेशनबाट उपाध्यक्षहरुमा रिजन लामा , सोम बहादुर लामा, टासी लामा , मनोज थिङ चयन भएका छन ।

महासचिबमा शिक्षा शान्ती वाइबा तथा  दुर्इ सचिबहरुमा भने जानुका श्रेष्ठ र  शशिकला मोक्तान चयन भएका छन ।महाधिवेशनबाट कोषाध्यक्षमा पुर्णसिङ लामा चयन भएका छन ।

सदस्यहरुमा  भने नबिन बस्नेत ,तेज लामा ,प्रकाश श्रेष्ठ , बिनुका खड्का , यज्ञ राज श्रेष्ठ , बालकृष्ण श्रेष्ठ रहेका छन ।  त्यस्तै  को आन्रक्ष्कमा सोम शेर्पा  छानिएका छन ।

सल्लाहकारहरुमा  निकेश श्रेष्ठ , पशु बस्नेत , कर्मा लामा , सुरेन्द्र श्रेष्ठ , शान्त पहरी , चन्द्र मान लामा  चयन भएका छन ।

रामेछापेली कार्यक्रमले रामेछापको विकासमा सकिने सहयोग गर्ने तथा जापानमा रामेछापेलीहरु संगठित गर्दै लैजाने निर्णय  भएको छ।

एनआरएनए जापानका सचिब बुद्दी राज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे साे अधिवेशनमा  जापानका नेपालीहरुको अगुवा रामेछापेका सोनाम शेर्पाको समेत  विशेष आतिथ्यता रहेकाे थियाे।

 सो भेला नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल  तथा  प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कृष्ण खड्का ,तामाङ समाजका अध्यक्ष कर्मा वाला , जनजाति पत्रकार महासंघका अध्यक्ष शान्त पहरी ,गल्कोट समाजका अध्यक्ष नर बहादुर थापा लगायत विभिन्न संघसंस्थामा आबद्ध अग्रजहरुको आतिथ्यतामा सम्पन्न भएकाे थियो ।

हाल सम्म जापानमा अध्ययन, पेशा तथा विभिन्न व्यवसायमा संलग्न रहेका रामेछापेली नागरिककाे संख्या करिब १५ सयकाे हाराहारीमा रहेकाे जानकारहरूले बताएका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?