अफ्रिकन देशहरुको विकासका लागि हामी सहयोग गर्छौं : आवे

जापान । जापानका प्रधानमन्त्री सिन्जु आवेले देशको पब्लिक र प्राईभेट क्षेत्रले सहकार्य गरेर अफ्रिकन क्षेत्रहरुको विकास गरिने बताएका छन् ।

shinju-abeनैरोवीमा शुक्रवार केन्याका राष्ट्रपति उहुरो केन्यातासंग पत्रकार सम्मेलनमा बोल्दै आवेले सो कुरा बताएका हुन्। छैठौ टोकियो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आवे केन्याको राजधानीमा छन्।

अफ्रिकन मुलुकहरुको विकासको लागि आयोजना गर्न लागिएको सम्मेलन शनिवारबाट दुई दिनसम्म चल्नेछ । जापानले अफ्रिकामा आयोजना गर्न लागेको यो पहिलो सम्मेलन हो भन्दै आवेले अफ्रिकाका मानिसहरुको सपना साकार पार्न जापानले सक्दो भूमिका खेल्ने बताएका छन् ।
अफ्रिकाका मानिसहरुलाई जापानले अत्याधुनिक प्रविधि देखि उच्च गुणस्तरीय तालिम गराउन सहयोग गर्ने आवेले बताएका छन्।त्यस्तै आवेले जापानिज कम्पनिहरु अफ्रिकाको विकासको लागि अत्यन्त उत्सुक रहेको बताएका छन् ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै केन्याका राष्ट्रपति केन्याताले अन्तराष्ट्रिय सम्मेलनमा विश्वसनीय र फलदायी छलफल हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिले अफ्रिकाका देशहरुले विश्वमा आफ्नो स्थिति राम्रो बनाउँदै लगेको र अझै राम्रो बनाउन विकसित देशहरुको सहयोग आवश्यक रहेको बताएका छन् । केहि दिन पछि आवेले गुईनियाका नेताहरुसंग पनि दोहोरो वार्ता गर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?