टेलिफोन र ईमेललाई वेवास्ता गरेको भन्दै जापानमा एक युवकको हत्या, चार जना गिरफ्तार

 

जापान । जापानको साईतिमा क्षेत्रको नदि किनारमा यसै हप्ता मृत अवस्थामा फेला परेको केटाको सम्बन्धमा छानविन गर्नको लागि प्रहरीले ४ केटाहरुलाई गिरफ्तार गरेको छ।

boysarrestगिरफ्तार गरिएका मध्य १७ वर्षीय र १४ र १५  वर्षीय हिगाशिमात्सुयामा साईतामा स्कूलमा अध्ययन गर्ने विधार्थीहरु हुन् ।

जस मध्य १५ वर्षीय कावागोई साईतामाले मृत सुबासा इनोईलाई हमला गरिएको अनुसन्धानले खुलाएको छ ।

सबै रिपोर्ट अनुसार घटनाको दोषी पत्ता लागेको प्रहरीले बताएको छ । १५ वर्षीय स्कुले केटा बाहेक बाँकी सबैलाई प्रहरीले दोषी ठहराएको छ ।

हिगाशिमात्सुयामा १५ वर्षीय बालकको कुनै दोष नभएको हुँदा उनलाई कुनै प्रकारको क्षति नहुने समेत प्रहरीले बताएको छ ।

हिगाशिमात्सुयामामा नाङ्गो शरीर सहित मृत केटा नदीको किनारमा फेला परेका थिए । त्यस्तै १६ वर्षीय अर्का केटा विहिवार इनोईको हत्या गरेको अभियोगमा गिरफ्तार भएका थिए ।

अनुसन्धानको क्रममा १६ वर्षीय केटाले इनोईले आफुसंग झुठ बोलेको र फोन कल, ईमेललाई वेवास्ता गरेको कारण हत्या गरेको खुलाएका छन् ।

https://youtu.be/RiZO8n6dXJU

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?