जनसम्पर्क समिती जापानको आगामी कार्यकालका लागि केसी प्यानलद्वारा उम्मेद्वारी घोषणा

japan
जापान । नेपाली काँग्रेसको विदेश स्थित संगठन नेपाली जनसम्पर्क समिती जापानको छैठौ अधिवेशनका लागि रोशन केसीले आफनो प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।
शनिबार अधिवेशनको उद्घाटन पछि भएको छलफलबाट सभापतिमा केसी, महामन्त्रीमा रेशम डंगोल र कोषाध्यक्षमा सावित्री लामाले उम्मेद्वारी घोषणा गरेका हुन् ।
केसी प्यानललाई जनसम्पर्क समिती जापानका पूर्व अध्यक्ष बलराम श्रेष्ठ र वर्तमान अध्यक्ष नारायण सुबेदीको साथ र समर्थन रहेको बताईएको छ ।
त्यस्तै सदस्य पदका लागि उमेद्वारी दिनेहरुमा सुजन जोशी, पिताम्बर चापागाई, रामकृष्ण बम मल्ल,  बिष्णु अर्याल,  टिकाराम खरेल, उमानन्द आचार्य, लक्ष्मण गुरागाँई, पोस्कान्त  न्यौपाने,  कमल आचार्य,  राजु पनेरु ,  निरज कोइराला,  सिपि खनाल,  लक्ष्मी तामाङ, रामशरण रेग्मी,  नृप बुढा,  किरण उप्रेती,  धुर्ब बस्नेत,  गोपाल सुवेदी, निरज सापकोटा,  मदन पौडेल,  वकिल जोशी,  कुशल धिताल,  पदम मल्ल, युवराज अधिकारी,  राजन गिरि,  नवराज थापा,  डिलाराम सापकोटा रहेका छन् ।
अधिवेशनको प्यानलका लागि थप सदस्यहरुको नाम अझै टुंगो लाग्न बांकी नै रहेको अधिवेशन आयोजक समितिले बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?