‘ पोक मेन गो ‘ खेल्दा जापानमा दुर्घटनाका घटना बढे

जापान।पछिल्लो शुक्रवार जापानमा पोकमेन गो स्मार्टफोनमा रिलिज भएपछी त्यसका फ्यानहरुले अत्याधिक रुपमा त्यो गेम खेल्ने क्रममा जापनमा कार देखि मोटरसाइकल दुर्घटनाहरु बढ्न थालेका छन् ।poke

जापानको सिगा क्षेत्रको ओत्सु भन्ने स्थानमा २१ वर्षका कारखानाका कामदार पोकमेन खेल्दै रातो बत्ति बलिरहेको बेला बाटो क्रस गर्ने क्रममा कार संग ठोक्किएर दुर्घटनामा परेका छन् ।

दुर्घटनामा परेर उनको घाँटीमा समस्या देखिएको छ । “मैले आफुलाई गेममा नै फोकस गरिरहेको थियो, मेरो अगाडी नै कार आएको मलाई पत्तै भएन ,” कारखानाका कामदारले प्रहरीलाई बताए ।

पोकमेन गो गेम वास्तविक जीवनमा आधारित एक मोबाईल खेल हो जहाँ विभिन्न स्थानहरु खोजेर भर्चुअल स्थानहरु बनाएर मोवाइल खेलमा पनि वास्तविक जीवन जस्तै रमाईलो लिन सकिन्छ ।

त्यस्तै आईतवार २४ वर्षिय ब्राजिलियन एक युवा पोक मेन खेल्ने क्रममा जापानको गिफु क्षेत्रको मिनु भन्ने स्थानको एउटा प्रतिविन्धित क्षेत्रमा अन्जानमा प्रवेश गरेका थिए । त्यहि वेलामा ती युवालाई प्रहरीले समातेको थियो ।

सवारी चलाईरहेको बेलामा पोकमेन खेल्ने व्यक्तिहरुलाई प्रहरीले ट्राफिक नियम अनुसार चिट काटेर जरिवाना तिराएको थियो ।

जापानको शिवुया स्टेशन नजिक शनिवार २७ वर्षिय एक युवक चिवा क्षेत्रमा एक आईमाईलाई जिस्काएको आरोपमा गिरफ्तार भएका छन् ।

पोकमेन गो खेल खेल्दा खेरि फोटोहरु मिलाउने क्रममा ती युवकले महिलाको हात समात्न पुगेको प्रहरीले बताएको छ । त्यस्तै नागोयामा २२ वर्षिय विश्वविद्यालयमा पढिरहेकी छात्राले आफुले पोक मेन खेलिरहेको बेला आफ्नो ब्याग चोरी भएको भन्दै प्रहरीलाई रिपोर्ट गरेकी छिन् ।

त्यस्तै जापानको होकाईडो टापुमा एक जना विधार्थीले पोक मेन गेम खेलिरहेका बेला जंगली भालु संग जम्काभेट भएको थियो । ती विधार्थीले भालु भएको भनेर रिपोर्ट गरेपनि प्रहरीले भालुको कुनै निशान नभेटिएको बरु त्यो जंगली मृग भएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?