जापानको प्राचीन राजधानी क्योतो शहरमा राक्षस भगाउने यस्तो चलन

टाेकियाे ।  जापानमा  हरेक वर्षको फेव्रुअरी ३ लाई  बसन्त ऋतुको आगमनको रुपमा मनाइने गरिन्छ । यस अवसरमा वसन्त ऋतुको स्वागतको रुपमा क्योतो शहरको रोमानिज मन्दिरको  उपद्रवी राक्षसलाई भगाउनको लागि एक पुजाको आयोजना गर्ने  गरिन्छ ।

kyuto-1

त्यस पुजामा राक्षसलाई भगाउनको  लागि एक सोयाविनको दानाको प्रयोग गर्ने गरिन्छ । क्योतो शहरका वासिन्दामा सोयाविनको दाना खाएमा  मानिसको उमेर तीन वर्ष सम्म बढ्न सक्छ भन्ने विश्वास रहिआएको छ ।kyuto-city

यस पुजाको एक  पक्ष भनेको  शुद्धिकरणको प्रक्रिया हो । त्यस पश्चात राक्षसको रंग सफा भएको मानिने गरिन्छ । उसले आफ्नो  तरबार प्रयोग गरि मानिसको शरिरमा  रहेको  रोग वा कमजोर अंगको समस्याहरु हटाउने गर्दछ ।

यस पर्वको अर्को पक्ष विभिन्न रङको प्रयोग तथा  मिष्टान्न भोजनको प्रयोग पनि एक हो । क्योतो शहरमा मनाईने यस पर्वमा बनाइने स्वादिष्ट भोजनमा माछा मासुको प्रयोग गरिएको हुँदैन । जसमा साग तथा अन्नको मात्र प्रयोग गरिएको हुन्छ ।kyuto-bhojan

त्यस क्योतो शहर पुग्नको लागि  जापानको राजधानी टोकियोको हवाईअड्डाबाट टोकियो स्टेसन पुग्नको लागि रेलमा करिब डेढ घण्टाको यात्रा गर्नु  पर्दछ ।  त्यहाँबाट तीव्र गतिको शिकान्सेन बुलेट रेलको २ घण्टा २० मिनेटको यात्रापछि क्योतो शहर पुग्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?