जापानी पप स्टारमाथि प्रशंसकद्वारा छुरा प्रहार

_89763114_japanakpopटोकियो । जापानमा एक पप स्टार आफ्नै प्रशंसकले गरेको छुरा प्रहारबाट गम्भीर घाइते भएकी छन् ।

टोकियोमा एक कन्सर्टमा आफ्नो प्रस्तुती दिन लागेका बेला २० वर्षीय पप स्टार मायु तोमितामाथि छुरा प्रहार भएको हो । उनको घाँटी र छातीमा दुई दर्जनभन्दा बढी चोटहरु भेटिएको जनाइएको छ ।

उनीमाथि आक्रमण गर्ने २७ वर्षीय तोमोहिरो इवाजाकीलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफूले बठाएको उपहार फिर्ता पठाएको विषयमा आफू क्रोधित भएको र सोही झोकमा छुरा प्रहार गरेको स्वीकार गरेका छन् ।

Japnese

पप स्टार मायु तोमिताले ती फ्यानका विषयमा गत महिना नै प्रहरीमा उजुरी गरेकी थिइन् । उनले आफूमाथि समाजिक सञ्जाल फेसबुक र ट्विटरमा इवाजाकीले जथाभावी लेख्न थालेपछि उजुरी गरेकी थिइन् ।

आक्रमणकारीले आफ्नो उपहार फिर्ता पठाएको विषयमा कार्यक्रमस्थलमा नै प्रश्न सोध्दै आक्रमण गरेका थिए । प्रहरीले उनीमाथि आक्रमण भएलगत्तै आक्रमणकारीलाई पक्रन सफल भएको थियो ।

‘मैले आफ्नो उपहार फिर्ता गरेको विषयमा प्रश्न गर्दा स्पष्ट उत्तर नआएपछि मेरो रिसलाई नियन्त्रण गर्न सकिन’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?