नेपाल विद्यार्थी समाजको वार्षिक उत्सव भव्य रुपमा मनाइने

Nepal-Japan studentटोकियो । ‘विद्यार्थीका लागि विद्यार्थी’ भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल–जापान विद्यार्थी समाजले आफ्नो वार्षिक उत्सव भव्यताका साथ मनाउने भएको छ ।

यही मे २९ तारिख आइतबार टोकियो रोधी क्लब शिनओकुबोमा विशेष कार्यक्रम गरी पहिलो वार्षिक उत्सव मनाउन लागेको हो ।

‘पहिलो वार्षिक उत्सव तथा विशेष सास्कृतिक महोत्सव’ नाम दिइएको उक्त कार्यक्रममा ‘विद्यार्थी डायरी’ नामक पुस्तक समेत विमोचन गर्न लागिएको समाजले जनाएको छ ।

यस्तै कार्य्रक्रमको तयारी स्वरुप मे ८ तारिख बिहान ११ बजेबाट सिनोकुबोको मम रेस्ट्ररेण्टमा कार्यसमिती बैठक, सल्लाहाकार समिती बैठक र अन्य जापानवासी विद्यार्थीहरुसँगको विशेष छलफल रहेकोले उपस्थितिको लागि सम्पूर्ण जापानबासी विद्यार्थीहरुलाई समाजने आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?