म्युजिक मेलाका लागि जापान आएका कलाकाररुको भव्य विदाई

kalakarटोकियो । जापानको टोकियोमा भएको म्युजिक मेलाका लागि आएका कलाकारहरुको भव्य विदाई गरिएको छ ।

जापानको टोकियो रोधी क्लब सिन ओकुबोमा आयोजित एक कार्यक्रमकाबीच कलाकारहरुलाई भव्य सम्मान तथा विदाई गरिएको हो ।

कलाकारहरुलाई जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले प्रमाणपत्र वितरण गरे भने नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले खादालगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा म्युजिक मेलाका प्रायोजक, नेपालसन्देश डट कमका विज्ञापनदाता, उद्घोषक, नृत्यकार, कलाकार र स्वयमसेवकहरुलाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

विदाई कार्यक्रममा करिब १ सय जना जापानबासी नेपालीहरुको उपस्थिति रहेको थियो भने नेपालबाट जापान आएका कलाकारहरुले आफ्नो प्रस्तुती समेत दिएका थिए ।

सो विदाई कार्यक्रमको संचालन शिक्षा शान्ति वाईवा ले गरेकी  थिइन्।

मे १ तारिख आइतबार भएको म्युजिक मेलाका लागि नेपालबाट चर्चित गायक सुगम पोखरेल, नविन पौडेल, निर्णय श्रेष्ठ ‘एनएसके’, सम्झना लामिछाने मगर र सहिमा श्रेष्ठ जापान आएका थिए ।

प्रमुख अतिथि जापानका लागि कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख गेहेन्द्र राजभण्डारी, विशेष अतिथि नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, अतिथिहरु एभरेष्ट इन्टरनेश्नल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, टोकियो रोधी क्लवका संचालक तथा दिपवे फाउन्डेसनका कार्यकारी प्रमुख दिपक सुवेदी, टोकियो रोधी क्लवका संचाकक नर बहादुर थापा र म्युजिक मेलाका संयोजक नविन निउरेको आतिथ्यमा सम्मान पत्र तथा विदाई कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?