म्युजिक मेलामा जापान आएका कलाकारलाई सम्मान तथा विदाई कार्यक्रम हुँदै

japan-kalakar-1टोकियो । जापानको टोकियोमा आयोजित म्युजिक मेलामा सहभागी कलाकारहरुलाई बुधबार सम्मान तथा विदाई कार्यक्रम आयोजना गरिएको छ ।

आइतबार मिडिया म्यासेज प्रा.लिद्वारा सञ्चालित नेपाल सन्देश डटकमको तेस्रो वार्षिक उत्सवको अवसरमा टोकियोको ओता सिटी हल इकेगामी खाइकानमा बृहत सांगीतिक कार्यक्रम म्युजिक मेलाको आयोजना गरिएको थियो ।

म्युजिक मेलामा सहभागी हुन जापान आएका कलाकार, कार्यक्रम प्रायोजक, विज्ञापनदाता, उद्घोषक, स्वयमसेवकहरुलाई सम्मान गरिन लागेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेजका प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए ।

सम्मान तथा विदाई कार्यक्रम मे ४ तारिख बुधबार साँझ ६ बजे टोकियो रोधी क्लब शिन ओकुबोमा आयोजान गरिएको छ । सांगीतिक कार्यक्रम सहित गर्न लागिएकाे सम्मान तथा बिदार्इ कार्यक्रमकाे प्रवेश शुल्क २ हजार जापानी येन राखिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?