नेपाल सन्देशको म्युजिक मेला भव्यतापूर्वक सम्पन्न (फोटो फिचर)

Music Mela 1टोकियो । मिडिया म्यासेज प्रालिद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित म्युजिक मेला जापानको टोकियोमा भब्य रुपमा सम्पन्न भएको छ ।

टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा म्युजिक मेलामा नेपालका चर्चित कलाकारहरुले आफ्नो दमदार प्रस्तुति प्रस्तुत गरेका थिए ।

चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ‘एनएसके’, सहिमा श्रेष्ठ र नविन पौडेलको गीत संगीतमा कार्यक्रममा सहभागी दर्शकहरु झुमेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले डायस्पोरिक पत्रकारिता थप चुनौतीपूर्ण बन्दै गएको भन्दै प्रेसमाथि हुने ज्यादतीविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए ।

Music Mela 2

यसैगरी मिडियो म्यासेज प्रा.लिका अध्यक्ष रविन्द्र श्रेष्ठले जापानमा रहेका नेपाली समुदायमाझ सूचना प्रवाहमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई निर्बाध रुपमा समाचार संकलनका लागि प्रेस पासको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले तेस्रो वार्षिक उत्सवको अवसरमा नेपाल सन्देश डट कम परिवारलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप सफलता हात पार्ने विश्वास व्यक्त गरे ।

Music Mela 3

कार्यक्रमको नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार तिलक बम मल्ल, वरिष्ठ समाजसेवी एवं व्यावसायी खिमबहादुर निउरे, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, इभेन्ट पार्टनरका तर्फबाट दिलु खत्रीले संयुक्त उदघाटन गरे ।

कार्यक्रमको संयोजन नेपाल सन्देशका प्रवन्ध निर्देशक नविन निउरेले गरेका थिए ।

Music Mela 4

Music Mela 5Music Mela 6

Music Mela 7Music Mela 8

Music Mela 9

Music Mela 10

Music Mela 11

Music Mela 12

Music Mela 13

Music Mela 14

Music Mela 15

Music Mela 16

Music Mela 17

Music Mela 18

Music Mela 19

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?