जापानमा भूकम्प प्रभावित सहयोग समितिको सचिवालय गठन

7328406-3x2-700x467टोकियो । जापानको कुमामोतो क्षेत्रमा हालै गएको शक्तिशाली भूकम्पपछि १९ सदस्यीय भूकम्प प्रभावित सहयोग समितिको सचिवालय गठन गरिएको छ ।

नेपाली समुदायले गर्न सक्ने सहयोगका क्षेत्रको पहिचान गरि सहयोग गर्ने उद्देश्यले विभिन्न संघ संस्थाको रोहबरमा सचिवालय गठन गरिएको एनआरएन जापानले जनाएको छ ।

सहयोगका कार्यक्रमहरु अघि बढाउँदा स्थानीय निकायहरुले तय गरेका नियम तथा आचारसंहिताहरुको पालना गर्दै नेपाली समुदाय र संघ सस्थाहरुबाट आर्थिक सहयोग जम्मा गर्ने र कुमामोतो र त्यस नजिकका नेपालीहरुलाई परिचालन गरि कार्यक्रम तय गर्ने समेत जनाइएको छ ।

यस्तै नेपाली समुदायको तर्फबाट रकम संकलन गरी दिँदा त्यसको भावनात्मक अर्थ हुने भन्दै यसका लागि सामूहिक पहल गर्ने समेत सहमति भएको छ ।

एनआरएन जापानले व्यक्तिगत र कुनै संघ संस्थाले आफूखुसी रुपमा काम गर्दा प्रभावकारी नहुने भन्दै दूतावाससहितको संलग्नतामा गठित समितिसँग समन्वय गरेर काम गर्न समेत सबैलाई अनुरोध गरेको छ ।

यस्तै दैविक आपत्तिको घडीमा आगामी मे महिनाको मसान्तसम्ममा आर्थिक सहयोग गरिदिन जापानबाशी नेपालीहरु र विभिन्न संघसंस्थाहरुलाई एनआरएनए जापानले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?