भूकम्पको वर्ष दिनमा ‘हिकारी सङ्ग गिफ्ट इन नेपाल’

Aoi Sanoकाठमाडौं । नेपालमा २०७२ बैशाख १२ गते विनाशकारी भूकम्पको वर्षदिन पुगेको सम्झनामा सम्झनामा देशभर विविध कार्यक्रमहरु आयोजना गरिए ।

यीनै कार्यक्रमहरुबीच पनि एक पृथक कार्यक्रम बन्न पुग्यो हिकारी सङ्ग गिफ्ट इन् नेपाल । भक्तपुर दरबार स्क्वायर प्रांगणमा सुमधुर लोक बाजाहरु घन्किए । एकै छिनमा विशाल जन मानसहरु भेला हुन थाले ।

एक जापानिज महिला आएर स्टेजबाट सबैलाई अभिवादन गर्छिन् र आफू विशेष यसै दिनको लागि जापानबाट नेपाल आएको जानकारी दिन्छिन् ।

अझ उनको नेपाल आउनुको उद्देश्य नेपालीहरुप्रति साहनुभूति प्रकट गर्न मात्र नभई उनको प्रेरणादायी परोपकारी कार्यबारे थाहा पाउँदा सबैजना हर्षित भए ।
यिनी थिइन् जापानीज गायिका आवइ् सानु जसले भक्तपुर भूकम्प पीडितको सहयोगार्थ सोलार बत्तीहरु र साथमा आफ्नो साँगीतिक प्रस्तुति पनि ।

IMG_6647

‘१ वर्ष भरि जे–जस्तो विसमः परिस्थितिबाट हामी गुज्रिऔं, आजसम्म जे–जति पुर्नःस्थापनाका कार्यहरु भए, तर आत्मा विश्वास अझ अटल पार्न र आफू भित्रको आशालाई ज्योति दिऔं’ भन्ने अभिप्रायले हिकारी सङ्ग गिफ्ट इन् नेपाल आयोजना गरिएको हो ।

झण्डै तीन घण्टा अवधिको यस कार्यक्रममा विशाल दर्शकहरुको उपस्थिति थियो । झिसमिसे साँझ पर्दै जाँदा सोलार लाइटहरु बलेका ती दृश्यले दरबार स्क्वायरको त्यो दृश्य अझ मनोरम र उत्कृष्ट बनाएको थियो ।

भैरवी व्याण्ड, मन्ड व्याण्ड, दत्तात्रय महिला धिमे समूह र जापानबाट आएका अन्यः कलाकारहरुको एक पछि अर्को साँगितिक प्रस्तुतिहरु श्ुारु हुन थाले तर मुख्यः आकर्षण भने गायिका आवइ् सानु देश विदेशमा चर्चित नेपाली लोक गित रेशम फिरिरि गाउँदा पूरै कार्यक्रमको नै सबैभन्दा स्मरणीय क्षण बन्न पुग्यो ।

न्यू होप सोसाइटिको स्थानीय आयोजनामा गरिएको यस कार्यक्रममा काठमाडौं, ललितपुर, किर्तिपुर र विशेष गरि मध्यपुर ठिमी र भक्तपुरबाट दर्शकहरु थिए ।

कार्यक्रममा गायिका आवइ् सानुले आजैका लागि उनको विशेष सिर्जना A Thousand Light-Shanti (हजार प्रकाश–शान्ति)को प्रस्तुति पनि दिए जसले सबै उपस्थित दर्शकहरुलाई भावविहोल बनायो ।

‘1 year of devastation, an initiation to light a hope’ यहि मूल सन्देशका साथ आयोजना भएको यस कार्यक्रमले भक्तपुरको पर्यटन उद्योगलाई पनि टेवा पुग्ने साथै हामी नेपालीहरुले पनि पुनस्र्थापनाको लागि अझै धेरै कुरा गर्न बाँकी छ भन्ने कुराको जिम्मेवार बोध गराउने आयोजकहरुको विश्वास छ ।

DSC02889

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?