जापान भ्रमण गर्नेकाे संख्या उच्च, यस्ताे छ जापान अाउनुकाे कारण

touristsटोकियो । जापान भ्रमणमा अाउने पर्यटकमध्ये एकै महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक जापान भ्रमणमा गएका छन् ।

जापानमा अघिल्लाे मार्च महिनामा मात्रै २० लाख ९ हजार ५ ले जापान भ्रमण गरेका हुन् । जापानमा चर्चित चेरी हेर्नका लागि पनि पर्यटकहरू जापान अाउने गरेकाे पर्यटन संगठनले जानकारी दिएकाे छ ।

याे संख्या जापानमा अहिलेसम्म कुनै पनि महिनामा जापान भ्रमणमा अाउने सबैभन्दा धेरै हाे । मार्च महिनामा ३१.७ प्रतिशत बढीले जापान भ्रमण गरेका हुन् ।

यत्तिका धेरै पर्यटक एकैपटक भित्रिएको यो पहिलो रेकर्ड भएको बताएको छ ।

यसअघि गत वर्ष जुलार्इमा  एकैपटक जापानमा १९ लाख २० हजारले भ्रमण गरेकाे रेकर्ड थियाे ।

जापानमा आउने पर्यटकहरु मध्ये चीनबाट ४ लाख ९८ हजार १ सय, दक्षिण कोरिया बाट ३ लाख ७४ हजार १ सय र ताईवानबाट ३ लाख २८ हजार ४ सय पर्यटक आएका थिए ।

गत वर्ष  २०१५ मा मार्च महिनाको समाप्ति सम्म २१.३६ लाख विदेशी पर्यटक जापान आएका थिए । २०२० मा हुने ग्रीष्मकालीन ओलम्पिक र प्यारा ओलम्पिक खेलका लागि ४० करोड विदेशी पर्यटक भित्राउने लक्ष्य जापान सरकारले राखेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?