जापानी प्रधानमन्त्री आवेलाई ओलीले पठाए यस्तो पत्र

काठमाडौं । भूकम्पबाट भएको धनजनको क्षतिप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई पत्र पठाएका छन् ।

जापानको क्युसु र कुमामोतो प्रान्तमा १४ र १६ अप्रिलमा गएका दुई शक्तिशाली भूकम्पबाट भएको मानवीय क्षति र भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पत्र पठाएका हुन् ।

ओलीले भूकम्पबाट घाइते भएका जापानी नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो विपत्तिको सामना गरि जापान पनि चाँडै मुक्त हुने विश्वास ब्यक्त गरेका छन् ।

गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पपछि जापान र जापानी नागरिकले गरेको महत्वपूर्ण सहयोगको स्मरण गर्दै ओलीले अहिलेको विपत्तिमा जापानी नागरिकको साथमा नेपाली जनता रहेको पनि उल्लेख गरेका छन् ।

आबेलाई लेखेको पत्रमा उनले उनले विपत्तिमा परेका जापानी नागरिकलाई सहयोग गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताएका छन् । उनले आफूहरुको तर्फबाट हुने सहयोग स्वीकार गर्न पनि जापानी प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

nepali PM Oli Send Letter Japanease PM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?