जापानमा गयो ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

जापान । जापानको कुमामोतो प्रान्तको कुसु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जापानी समय अनुसार बेलुकी ९ बजेर २६ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

जापानकै अन्य प्रान्तहरु तमाना, निशिहारा, उकी र कुमामोटो क्षेत्रमा भने ६ रेक्टर स्केल भन्दा मुनिका भूकम्पहरु गएको रेकर्ड गरिएको छ ।

भूकम्प पश्चात सुनामिको सम्भावना भने तत्काल नरहेको जापानी भुगर्व विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?