म्याग्देली सञ्जाल मोनामा गएकोमा संस्थापक असन्तुष्ट

Magdeli sanjal Japanटोकियो । म्याग्देली सञ्जाल जापान म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानमा रुपान्तरित भएकोमा संस्थापकहरुले असन्तुष्टि जनाएका छन् ।

म्याग्देली सञ्जाल जापानका संस्थापक अध्यक्ष छक्कु उदासीले एक विज्ञप्ती जारी गर्दै म्याग्देलीहरुको विश्वव्यापी सञ्जाल म्याग्देली प्रवासी नेपाली संघ (मोना) मा समाहित हुने निर्णयमा आफूहरुको सहमति नरहने बताएका हुन् ।

‘हामी म्याग्देली जहाँ रहेपनि एक हौं, आफ्नो जन्मथलोको लागि केहि गरौं र यो बिदेशमा म्याग्देलीलाई भैपरी आउने समस्याहरुमा सहयोग गरौं’ भन्ने उद्देश्यले सन् २००७ फेब्रुअरी १० मा जापानमा म्याग्देली सञ्जाल जापानको गठन गरिएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष उदासीले विज्ञप्तीमा भनेका छन्, ‘जुन उद्देश्यले यो म्याग्देली सञ्जाल जापान स्थापना भएको थियो, त्यसको ठीक विपरित उद्देश्यहरु पसारेर मोना बनाउनु पर्यो भनेर दबाब आइरहेको थियो ।’

उनले म्याग्देली सञ्जाल जापान भन्दा पछि हङकङमा स्थापना भएको मोनाका केहि व्यक्तिहरुले दवाब दिने र लाद्ने नियत प्रति आपत्ति आफूहरुले असहमति जनाउदै आएको उल्लेख गरेका छन् ।

उनले संस्थापक पक्षका व्यक्तिहरुलाई आधिकारिक कुनै सूचना र जानाकारी बिना नै अचानक म्याग्देली सञ्जाल जापानलाई मोनामा रुपान्तरित गरिएको भन्ने समाचार आएको भन्दै यसप्रति आपत्ति जनाएका छन् ।

याे पनि पढ्नुहाेस्

म्याग्देली सञ्जाल जापान अब मोनामा, अध्यक्षमा महेन्द्र बानिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?