जी–७ का परराष्ट्रमन्त्रीहरुले जापानको हिरोसिमा भ्रमण गर्ने

Doves fly over the Peace Memorial Park with a view of the gutted A-bomb dome at a ceremony in Hiroshima August 6, 2009, to mark the 64th anniversary of the atomic bombing on the city. REUTERS/Issei Kato (JAPAN ANNIVERSARY CONFLICT POLITICS)

टोकियो । संसारका विकसित राष्ट्रहरु जी–७ का विदेशमन्त्रीहरुले जापानको हिरोसिमास्थित ‘पिस मेमोरियल पार्क’ को भ्रमण गर्ने भएका छन् ।

जी–७ का विदेशमन्त्रीहरुले अप्रिल ११ मा विदेशमन्त्रीस्तरीय बैठकका क्रममा पार्कको भ्रमण गर्न लागेको जापानका विदेशमन्त्री फुमियो किशिदाले बताएका छन् ।

किशिदासँगै अमेरिकी विदेशमन्त्री जोन केरीसहित बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्रीहरुले ६ अगस्ट १९४५ मा अमेरिकाले खसाएको परमाणु बमबाट ध्वस्त भएको जापानको हिरोसिमाको भ्रमण गर्ने भएका हुन् ।

उनीहरुले हिरोसिमामा रहेको शान्ति स्मृति संग्रहालय र पार्कको भ्रमण गर्नुका साथै उक्त आक्रमणमा मारिएका तथा पीडित भएकाहरुको सम्झनामा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।

जी–७ का विदेशमन्त्रीहरुले सामूहिक रुपमा यो क्षेत्रको भ्रमण गर्न लागेको पहिलो पटक हो ।

जापानी अधिकारीहरुले विदेशमन्त्रीहरुको यो सामूहिक भ्रमणले आगामी मे महिनामा हुने जी–७ राष्ट्रहरुको शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत यो क्षेत्रको भ्रमणमा जान मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?