आतंकवादी संग सम्बन्ध रहेको आरोपमा पक्राउ परेका जापानी युवक निर्दोष रहेको ठहर

n-isquestion

जापान। आतंकवादी संगठन आईएसमा भर्ति हुन गएका भनि आरोपित २३ वर्षीय जापानी युवक वाकोयामा निर्दोष रहेको ठहर गरेको छ ।

प्रहरीले अनुसन्धानको क्रममा ती व्यक्ति कुनै पनि अपराधसंग नजोडिएको जनाएको हो।

प्रहरीले अनुसन्धानको क्रममा ती युवकलाई तिमी किन दक्षिणी टर्कीमा र तिमी कता जाँदै थियौ ? भनेर सोधेको प्रश्नको जवाफमा उनले भने, “आफु जापानमा बस्दा बस्दा हैरान भैसकेको थिए त्यसैले मैले जापान भन्दा बाहिर गएर प्रगति गर्ने सोच बोकेर विदेश जान लागेको थिए ।”

मैले आफ्नो यात्राको कारण यस्तो समस्या आईपर्ला भनि सोचेकै थिईन उनले बताए।

प्रहरीले ती युवकसंग रहेका सामानहरु तथा मोवाईल टेलिफोनमा गरेको अनुसन्धानले ती युवकको सम्बन्ध कुनै इस्लामिक स्टेट संग नरहेको पुष्टि गरेको हो।

युवक निर्दोष ठहर भएपछि विहीवार बेलुका जापान फर्किएका थिए ।

जापान आउने क्रममा युवकलाई मिडियाका रिपोर्टरहरुले ईस्लामिक स्टेटले कब्जा गरेको क्षेत्रमा जानुभयो भन्ने प्रश्नको जवाफमा उनले आफु कतै नगएको बताएका थिए  ।

टर्किस सुरक्षा अधिकारीहरुले अन्य सिरियालीहरु संगै ती युवकलाई पनि गाजियानटेप भन्ने स्थानमा मंगलवार गिरफ्तार गरेपछि ती युवकले सुरक्षा अधिकारीहरुलाई आफु पर्यटक भएको जनाएका थिए ।

टर्कीका मिडियाहरुले बताए अनुसार ती व्यक्ति सामाजिक संजाल मार्फत ईस्लामिक स्टेटका सदस्यहरु संग सम्बन्ध बनाएको र टर्की हुँदै सिरिया जान प्रयास गरेको जनाएका छन् ।

संकास्पद कारको खोजीको क्रममा ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?