कूटनीतिक सम्बन्ध स्थापनाकाे अवसरमा जापानी ज्याजको कन्सर्ट

XXX arrives at the 34th Japan Academy Awards at XXX on February 18, 2011 in Tokyo, Japan.

काठमाडौं । नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाे ६० औं वर्षगाँठकाे अवसरमा जापानी दुतावास र नेपाल जापान फाउन्डेसले ज्यान कन्सर्ट आयोजना गर्ने भएको छ ।

काठमाडौको आर्मी अफिसर्स क्लबमा यही चैत्र १३ गते जयाज कन्सर्स हुन लागेको जापानी दुतावासले जनाएको छ ।

उक्त कन्सर्समा ज्याज गायक अकिको उएसुगी, जापानी पियानो वादक मासाहिको सातोह, भ्वायोलिननवादक केइसुके ओत्ता, र प्रकर्सनवादन योइची ओकाबेको प्रस्तुती रहेने बताइएको छ।

यसैगरी कन्सर्समा नेपाली कलाकाररविनलाला श्रेष्ठ, सुरेजराज बज्रचार्यको पनि प्रस्तुती रहने छ ।

गीतसंगित र भाषाको कुनै सिमा नहुने भन्दै नेपाल जापानबिचको प्रगाढ संम्बन्धलाई मजबुज लगाउनका लागि उक्त कन्सर्ट आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?