जापानमा नेपालीले उछिने अमेरिकीलाई, नेपाली छैंठौं स्थानमा

Nepalese-in-Japan-430x316टोकियो । जापानमा बस्ने विदेशीहरुको संख्यामा नेपालीको संख्या छैंठौं स्थानमा पुगेको छ । जापानको न्याय मन्त्रालयले नेपालीको संख्या करिब ५५ हजार पुगेको जनाएको छ ।

गत डिसेम्बर सम्मको तथ्यांकअनुसार जापानमा नेपालीको संख्या ५४ हजार ७७५ रहेको छ । यो जापानमा बस्ने विदेशी मध्ये छैठौं धेरै जनसंख्या हो ।

जापानमा बस्ने विदेशीहरुमा सबैभन्दा बढी चिनियाँ रहेका छन् भने कोरियन, फिलिपिन्स, ब्राजिलियन र भियतनामी क्रमशः २ देखी पाँचौं स्थानमा रहेका छन् । यसअघि नेपालीको जनसंख्या सातौ नम्बरमा थियो ।

गत जुन महिनासम्म नेपालीभन्दा माथि अमेरिकीहरु रहेपनि पछिल्लो समयमा नेपालीको संख्या बढेको हो । जुनमा अमेरिकीहरुको सख्या ५१ हजार थियो भने नेपालीको संख्या ४८ हजारमात्रै रहेको थियो । तर डिसेम्बरमा यो संख्यामा ह्वात्तै वृद्धि भएको हो ।

जापानमा सबैभन्दा धेरै ६ लाख, ६५ हजार ८४७ चिनियाँ रहेका छन् भने दोस्रो स्थानमा रहेका कोरियनहरुको संख्या ४ लाख ५७ हजार ७७२, तेस्रोमा रहेका फिलिपिनीहरुको संख्या २ लाख २९ हजार ५९५ रहेको छ ।

यस्तै ब्राजिलयन एक लाख ७३ हजार ४३७ तथा भियतनामी एक लाख ४६ हजार ९५६ जना रहेका छन । छैठौं नम्बरमा रहेको नेपालीको संख्या ५४ हजार ७७५ रहेको छ ।

गत जुन महिनामा छैठौं स्थानमा रहेका अमेरिकीको संख्या भने सातौं नम्बरमा झरेको छ । अमेरिकीको संख्या बढेर ५२ हजार २७१ पुगेको छ ।

जापानमा ताइबानीहरु ४८ हजार ७२३, पेरुका ४७ हजार ७२१, थाइल्याण्डका ४५ हजार ३७९ र अन्य मुलुकका ३३ हजार ९३९ जना रहेको न्याय मन्त्रालयको तथ्यांक छ । नेपालीहरुको संख्यापनि वर्षेपिच्छे हजारौंको संख्यामा बढ्दै गइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?