अमेरिका र इरान युद्ध अन्त्य गर्न सहमत, १९ जुनमा सम्झौता

|

टोकियो। अमेरिका र इरानबीच साढे तीन महिना लामो युद्ध अन्त्य गर्ने सहमति भएको छ । दुवै देश युद्ध अन्त्यको सम्झौताका लागि तयार भएसँगै शान्ति सम्झौता हुने भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता पूरा भएको बताएका छन् । इरानले पनि वक्तव्य जारी गरेर अमेरिकासँग केही महिनादेखि चलिरहेको लामो र कठिन वार्तापछि दुवै देश एक सम्झौतालाई अन्तिम रुप दिन सहमत भएको उल्लेख गरेको छ ।

ट्रम्पले यो सम्झौता अनुसार होर्मुज स्ट्रेटलाई फेरि खुला गरिने जनाएका छन् । उनले इरानी बन्दरगाह क्षेत्रमा रहेको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन निर्देशन समेत दिएका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलको पोस्टमा लेखेका छन्, ‘संसारका जहाज, आफ्नो इन्जिन चालु गर । तेल बग्न देउ ।’

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले दुवै देश युद्ध विराम सम्झौतामा सहमत भएको जानकारी दिँदै १९ जुनमा स्वीट्जरल्याण्डको जेनेभामा हस्ताक्षर हुने जानकारी दिएका छन् ।