टोकियो। फिफा विश्वकप–२०२६ को आफ्नो दोस्रो खेलमा कतारले लज्जास्पद हार बेहोरेको छ । कतारलाई विश्वकपको सहआयोजक क्यानडाले ६–० ले पराजित गरेको हो ।
क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरे भने काइल लारिन र नाथन सालिबाले एक एक गोल गर्दा गोल भने आत्मघाती उपहार पाएको थियो ।
कतारका मोहम्मद अल मान्नाईले आत्मघाती गोल गरेका हुन् । योसँगै क्यानडा समूह बीको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।
समूहमा समान ४ अंक रहेको स्वीट्जरल्याण्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने बोस्निया एन्ड हर्जगोभिना र कतारको समान १–१ अंक छ ।
स्वीट्जरल्याण्डले शुक्रबार बिहान नै सम्पन्न खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले हराएको थियो ।


