विश्वकप फुटबल : इंग्ल्याण्डले क्रोएसियालाई हरायो, पोर्चुगल र डिआर कंगो बराबर

|

टोकियो । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड विजयी हुँदा पोर्चुगललाई डिआर कंगोले १–१ गोलको बराबरीमा रोकेको छ ।

समूह एल अन्तर्गतको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको हो । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितमा ह्यारी केनले २ तथा जुन वेलिङ्गह्याम र मार्कस र्‍यासफर्डले १–१ गोल गरे ।

खेलको १२औं मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

तर, ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ४२औं मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसको केही मिनेटमा पहिलो हाफको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्काएपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो ।

खेलको ४७औं मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेलको ८५औं मिनेटमा मार्कस र्‍यासफोडले एक गोल गरेपछि इंग्ल्याण्ड ४–२ ले विजयी भएको हो ।

बिहीबार बिहान सम्पन्न समूह ‘एल’ अन्तर्गतको खेलमा पोर्चुगल र कंगोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
खेलको छैटौं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन र बराबरीमा सकियो ।