जापानमा बिजनेस भिसा कडाइ हुँदै, पूँजी सीमा ३ करोड येन पुर्‍याउने तयारी

जापान सरकारले विदेशी उद्यमीहरूलाई प्रदान गरिने बिजनेस म्यानेजर भिसा (Business Manager Visa) सम्बन्धी नियम कडा पार्न तयारी थालेको छ ।

अध्यागमन सेवा एजेन्सी (Immigration Services Agency) ले हाल कायम रहेको ५० लाख येनको न्यूनतम पूँजी सीमालाई बढाएर ३ करोड येन पुर्‍याउने प्रस्तावमाथि अन्तिम चरणको छलफल भइरहेको जनाएको छ ।

सरकारी अधिकारीहरूका अनुसार, नयाँ नियम २०२५ को अन्त्यसम्म लागू हुने सम्भावना छ । यस परिवर्तनको उद्देश्य भिसाको दुरुपयोग नियन्त्रण गर्नु र जापानको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सुदृढ पार्नु रहेको बताइएको छ ।

हालका वर्षहरूमा जापानले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सजिलो प्रक्रियाहरू ल्याए पनि केही भिसा दुरुपयोगका घटना सार्वजनिक भएपछि नियमन कडाइ गर्न लागिएको हो ।

नयाँ प्रस्तावित नीति लागू भएमा नेपाल लगायत अन्य मुलुकका उद्यमीहरूलाई जापानमा व्यवसाय सुरु गर्न थप चुनौतीहरू भोग्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?