चक्लेटी नायक सलिनमान ‘यात्रा अ म्युजिकल…’

‘ए मेरो हजुर २’ डेव्यु नायक सलिनमान बनियाँले पुराना निर्माता केशव भट्टराईले निर्माण गर्ने फिल्म यात्रा अ म्युजिकल भ्लगमा भ्ल्गरको रोल निभाउने भएका हुन् ।

आफ्नो यात्राको भिडियो खिचेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने व्यक्तिलाई भ्ल्गर भनिन्छ । युवा स्टारको रुपमा हेरिएका नायक बनियाँले टिम र कथा मन परेकाले फिल्म खेलेको खुलाए ।

सोमबार प्रेसमिट गर्दै निर्माता भट्टराईले आफ्नो नयाँ प्रोजेक्टको औपचारिक घोषणा गरेका हुन् । ‘हामी दश महिना त स्क्रिप्टमै बस्यौैं’, निर्माता भट्टराईले भने, नयाँ कलाकारलाई लिएका छौं । नयाँ दर्शकलाई मन पर्ने फिल्म बनाउँछौं । उनले यसअघि फिल्म ब्रासलेट बनाएका थिए ।

सलिनमान र सलोन सहित फिल्ममा जाहन्वी बस्नेत, रेयर राई, प्रक्षा बज्रचार्य, मलिका महत, विशाल कट्वाल, धिरेन शाक्य, राजाराज पौडेल, जयनन्द लामा, समृद्धि राई, चाइनिज कलाकार जुन ज्याङ, केन्याका कलाकार बोवी लगायत अन्य कलाकारहरुको अभिनय छ ।

संजय लामाको सिनेम्याटोग्राफी रहने फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहनेछ । द्धन्द्ध निर्देशन हिमाल केसीले गर्नेछन् । निर्माता भट्टराईका अनुसार यही बैशाखको तेश्रो सातादेखि छायाँकन सुरु भएर फिल्म असोज ५ गते प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?