ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा उनले अवार्ड प्राप्त गरेकी हुन् । ‘हाम्रो कामको मूल्यांकन हुँदा खुसी लाग्छ । यसमा महिलाको संघर्षलाई प्रस्तुत गरिएको छ’, अभिनेत्री शर्माले भनिन् ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमानको श्रीमतीको भूमिका उनले निर्वाह गरेकी छन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ ।

फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ ले सिंगापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’ को अवार्ड जितिसकेको छ ।

२८ मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?