मंगलबारदेखि भैरहवावाट दोश्रो नेपाल आइडलको अडिसन सुरु

भैरहवा । विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबार (चैत ६ गते) भैरहवाबाट सुरु हुने भएको छ ।

भैरहवाको अंचलपुरस्थित (नेपाल आयल निगमको अगाडि) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङ्गणमा नेपाल आइडलको अडिसन हुनेछ ।

भैरहवामा अडिसन भएपछि क्रमश धनगढीमा चैत ११ गते, हेटौडाँमा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते र काठमाण्डौँमा नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको छ ।

भैरहवामा अडिसनको सम्पुर्ण तयारी भइसकेको र मंगलबार बिहान ७ बजे देखि अडिसन सुरु हुने एपीवान एचडी टेलिभिजनका निर्देशक सुरेश पौडेले जानकारी दिए ।

उनका अनुसार अडिसनमा एक हजार २ सय देखि एक हजार ५ सयसम्म संगीत प्रेमीहरु सहभागी हुने अनुमान गरिएको छ ।
‘अडिसनको सबै तयारी भइसकेको छ’, उनले भने, ‘बिहान ७ बजेदेखि अडिसन सुरु हुनेछ । उत्साहजनक सहभागिता हुने अपेक्षा गरेका छौँ ।’

प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी छन् । त्यस्तै अडिसनको सञ्चालन नायक अशिम शाह र रीमा विश्वकर्माले गर्ने आयोजकले जनाएको छ । अडिसनको प्रशासरण एपीवान एचडी टेलिभिजनबाट हुनेछ ।

https://www.facebook.com/NGTofficial/videos/1934990966830415/

सन् २०११ मा बेलायताका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ ।

बेलायतमा पप आइडलका रुपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर गरिन्छ ।

अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रुपमा सञ्चालन गरेपछि यसको विश्वव्यापी चर्चा सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?